काठमाडौं
काठमाडौं बुढानिलकण्ठस्थित थानेडाँडा वनमा युवकको शव फेला परेको छ ।
प्रहरीका अनुसार बुढानिलकण्ठ नगरपालिका–१३ थानेडाँडा सामुदायिक वनमा सोही नगरपालिका–२ माथिल्लो भङ्गाल बस्ने ४० वर्षीय पवन थापा मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।
१६ माघ २०८१, बुधबार
88
Shares
प्रतिक्रिया