७ फाल्गुन २०८१, बुधबार | Thu Feb 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंका यी स्थानमा आज ५ घण्टा बिजुली अबरुद्ध



काठमाडौं । काठमाडौं उपत्यकाका केही स्थानमा बिहीबार र शुक्रबार ५ घण्टा विद्युत् अवरुद्ध भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार बिहीबार शंखमुल फिडर (बानेश्वर)अन्तर्गत दोभान पुल वरिपरिका क्षेत्र बिजुली जानेछ । यस्तै शुक्रबार केएससी र ओल्ड एयरपोर्ट फिडर (बानेश्वर)अन्तर्गत आलोकनगर वरिपरिका क्षेत्रमा पाँच घण्टा विद्युत् अवरुद्ध हुने प्राधिकरणले बताएको छ ।

बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ । कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरणलाइन भूमिगत गर्ने कार्यको लागि विद्युत् अवरुद्ध गर्नुपरेको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहिबार  १२ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।