काठमाडौं
नाम र कथाबस्तु एउटै बनाएर चलचित्र निर्माण गरेको र प्रर्दशनको तयारी गरेको आरोप लगाउदै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेका नेपाली डायस्पोरा इन्टरटेन्मेन्टका चलचित्र ‘एक्टर’का निर्माता सम्राट थापाले चलचित्र ‘एक्टर : टेक वान’ प्रर्दशन गर्न सहमत भएका छन् ।
बिहीबार दुवै फिल्मका निर्माताबीच भएको छलफलपछि ‘एक्टर : टेक वान’लाई प्रदर्शन गर्न दिने सहमति जुटेको हो । चलचित्रका निर्माताहरुबीच सहमती भएपछि दुवै चलचित्र निर्माण कम्पनीले संयुक्ते प्रेस वक्तव्य प्रकाशन गरेर चलचित्र प्रर्दशन गर्ने जानकारी दिएका छन् ।
सहमती अनुसार ‘एक्टर’ निर्माता सम्राट थापाले ‘एक्टर : टेक वान’विरुद्ध काठमाडौं जिल्ला अदालतमा दायर गरेकोको मुद्धा फिर्ता लिने भएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘आज माघ १७ गते ‘एक्टर’का निर्माता नेपाली डायस्पोरा इन्टरटेन्मेन्ट तथा ‘एक्टर ः टेक वान’का संयुक्त निर्माताहरु अदृत फिल्म्स र मोती फिल्मबीच आजकै मितिबाट ‘एक्टर : टेक वान’लाई देशव्यापी प्रदर्शन गर्न दिने सहमति गरियो । काठमाडौं जिल्ला अदालतमा प्रतिलिपी अधिकार ऐन बमोजिम उचित क्षतिपूर्ति दिलाई पाउँ भनि दायर गरेको मुद्धा ‘एक्टर : टेक वान’लाई अझै थप क्षतिबाट बचाउनका लागि फिर्ता लिने सहमति भएको छ ।’
अदातलमा रिट परेपछि अदालतले मंगलबार ‘एक्टर : टेक वान’को तत्कालका लागि प्रदर्शन रोक्न आदेश जारी गरेपछि चलचित्र प्रर्दशन भएको थिएन । चलचित्रका निर्माताहरुबीच सहमती पनि के कति कुरामा सहमती भयो भन्ने विषयमा भने केही खुलाइएको छैन ।
रोकिएको चलचित्र प्रर्दशनको मिती समेत घोषणा गरिएको छैन ।
चलचित्रमा अभिनेता प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी,राजबल्लभ कोइराला, निश्चल बस्नेतलगायतको अभिनय छ ।
प्रतिक्रिया