९ फाल्गुन २०८१, शुक्रबार | Sat Feb 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘लाज शरणम्’मा कलाकार सिताराम कट्टेल मधेशी लवजमा प्रस्तुत



काठमाडौं
यही शिवरात्रीदेखि प्रर्दशनको तयारीमा रहेको चलचित्र ‘लाज शरणम’ कलाकार सिताराम कट्टेल मधेशी लवजका साथ प्रस्तुत हुने भएका छन् ।
भर्खरै फस्ट लुक्सभमार्फत उनको भेषभूसा सार्वजनिक भएसँगै आज सार्वजनिक भएको टिजरमा उनको मधेशी लवज सुनिएको छ ।
उनको पुर्वमन्त्री तथा काँग्रेस नेता अव्ताफ आलमको जस्तै जीउडाल रहेको तस्विर सार्वजनिक भएसँगै चलचित्रको भूमिकाको विषयमा कौतुहल बढेको थियो ।
कलकार कट्टेल टिजरको तीन सिनमा देखिएका छन् भने उनले ‘ठट्टा गर्नुहुन्छ’र कुछ हो डुल्पा’भन्दै मधेशी लवजमा बोलेको सुनिन्छ ।
चलचित्रमा कफिनको वाकसमा हेरेर कलाकार विजय बराल र अर्पण थापा चकित परिरहेका छन् । एअरपोर्ट, हवाईजहाज र भागदौडको दृश्य हेर्दा चलचित्रको कथाबस्तु वैदेशिक रोजगार र यसले श्रृजना गरेको द्वन्द्वमा आधारित चलचित्र रहेको बुझ्न कठीन पर्दैन ।

 

चर्चित टिभी श्रृंखला ‘सक्किगो नि’ निर्माता कम्पनी जेपीटी क्रिएसनले निर्माण गरेको चलचित्र ‘लाज शरणम’मा सीताराम कट्टेल ‘धुर्मुस’सँगै मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा, कमलमणि नेपाल, सीताराम कट्टेल ‘धुर्मुस’, रेणु योगी, विजय लामा, माला लिम्बु, अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (क्रकोज), प्रियाना आचार्य (मुन्नी)जस्ता ‘सक्किगो नि’ सिरियलका कलाकारहरुको अभिनय रहेको छ ।

सेभेन सिज इन्टरनेसनलले फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा रिलिज गर्दैछ । कुमार कट्टेल ‘जिग्री ब्रो’ले निर्देशन गरेको चलचित्रमा नवीन श्रेष्ठ निर्माता, रामनरेश साह र सृजना खड्का सह–निर्माताको रूपमा छन् ।

 

प्रकाशित मिति : १७ माघ २०८१, बिहिबार  ४ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।