९ फाल्गुन २०८१, शुक्रबार | Sat Feb 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेत्री दिव्या रायमाझीले पत्रकार सम्मेलनमै झारिन् आँशु



म कहाँ आइपुगेछु । मैले कति धेरै अपेक्षा बोकेर नेपाल आएकी थिए । एक दिन अघि चलचित्र नै प्रर्दशन नहुने भनेपछि साह्रै दुःख लाग्यो

ललितखबर
राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अभिनेत्री दिव्या रायमाझीले आँशु झारेकी छिन् ।
अमेरिकाबाट चलचित्र क्षेत्रमा केही गर्छु भन्दै सपना साँचेर आफ्ना बाबु अभिनेता दिलिप रायमाझीसहित नेपाल फर्केकी अभिनेत्री दिव्या रायमाझी आफ्नो डेव्यु चलचित्र प्रर्दशनको एक दिनअघि अदालतमा मुद्दा परेर प्रर्दशन रोकिएपछि भक्कानिएकी हुन् ।
नवअभिनेत्री रायमाझीले पत्रकार सम्मेलनमा भनिन्, ‘म कहाँ आइपुगेछु । मैले कति धेरै अपेक्षा बोकेर नेपाल आएकी थिए । एक दिन अघि चलचित्र नै प्रर्दशन नहुने भनेपछि साह्रै दुःख लाग्यो ।’ उनले आफू बल्ल बल्ल चलचित्र क्षेत्रमा पाइला टेक्न लाग्दा चलचित्र नै नचल्ने अवस्था आउँदा आश नै मारेको भन्दै दुखेसो पोखिन् ।

 

एउटा निर्माताले ४/५ करोड लगानी गरेर बनाउदा अघिल्लो रात रोकिदा निर्माता संघले विज्ञप्ती निकाल्दैन भने कुर्सीमा बस्न लाज लाग्नु पर्दैन

चलचित्रका निर्देशक राजन भुसाल भने पत्रकार सम्मेलनमा आक्रोसित अवस्थामा देखिए । चलचित्र प्रर्दशन रोकिदा निर्माता संघले सहयोग नगरेको विषयमा उनको दुखेसो थियो ।
‘चलचित्र क्षेत्रमा यति धेरै निर्माता, निर्देशकलगायत संघ संस्थाले प्रेस विज्ञप्तीसम्म निकाल्नु भएन ।’ उनले भने,‘एउटा निर्माताले ४÷५ करोड लगानी गरेर बनाउदा अघिल्लो रात रोकिदा निर्माता संघले विज्ञप्ती निकाल्दैन भने कुर्सीमा बस्न लाज लाग्नु पर्दैन ।’

 

मैले कुनै निर्णयको विरुद्धमा बोलेको होइन । मेरो व्यक्तिगत बिचार हो

अभिनेता प्रदिप खड्काले चलचित्र प्रर्दशन रोकिदा तीन रात तनावपूर्ण रहेको अनुभव सुनाए । उनले चलचित्र प्रर्दशन हुन नपाउदा अदालतमा मुद्दा परेपछि बोल्न समेत नपाउने अवस्था आएको उनको दुखेसो थियो ।
हरेक चलचित्र प्रर्दशनको बेला फरक फरक समस्या आउने गरेको विषयमा पत्रकारहरुले सोधेको प्रश्नको उत्तर दिदै अभिनेत्री खड्काले अदालतको अल्पकालीन आदेशको क्रममा विवेक प्रयोग नभएको तर्क गरे । उनले चलचित्र सेन्सर पास भएपछि बरु क्षतिपूर्ति दिन पर्ने अवस्था भए छलफल गर्न सकिने तर चलचित्र रोक्नु उचित नहुने बताए । उनले थपे, ‘मैले कुनै निर्णयको विरुद्धमा बोलेको होइन । मेरो व्यक्तिगत बिचार हो ।’

प्रकाशित मिति : १७ माघ २०८१, बिहिबार  ९ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।