१२ फाल्गुन २०८१, सोमबार | Tue Feb 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


चाँगुनारायणमा स्मार्ट सिटी कार्यान्वयन गराउने भन्दै दुई मन्त्रीको अनुगमन



 

भक्तपुर
चाँगुनारायणमा स्मार्ट सिटी कार्यान्वयन गराउन दुई मन्त्रीको अनुगमन गरेका छन् ।

उप प्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले चाँगुनारायण क्षेत्रको अवलोकन गरेका हुन् ।

चाँगुनारायण नगरपालिका वडा नम्बर १ देखि ४ सम्म दुबै मन्त्रीहरूका साथमा बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्री, उपमेयर रमेश बुढाथोकी, पूर्वसचिव मणिराम गेलाल, काठमाडौँ उपत्यका विकास प्राधिकरणका आयुक्त जानुका ढकाल, नायव आयुक्त नवराज प्याकुरेल वडा अध्यक्षहरू तथा सरोकारवालाहरूले चाँगुनारायण क्षेत्रको अवलोकन गरेका हुन् ।

चाँगुनारायण नगरपालिकालाई एक उच्च स्तरीय नगर बनाउनको लागि अवलोकन गरिएको चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले जानकारी दिए ।

चाँगुनारायण नगरपालिकाका विभिन्न क्षेत्र स्मार्ट सिटीका नाममा लामो समय देखि जग्गा रोक्का भएर पनि काम थालनी नभएको भन्दै गुनासो आउन थालेपछि अर्थ तथा सहरी विकास मन्त्री स्वयम चाँगुनारायणको अवलोकनमा निस्कएका हुन् ।

सहभागीहरुले चाँगुनारायण नगरपालिकाका वडा नम्बर १ दुवाकोटबाट वडा नम्बर २ अनि वडा नम्बर ३ झौखेल र चार नम्बर वडाका चाँगु क्षेत्रको अवलोकन गर्दै चाँगुनारायण मन्दिरको दर्शन गरेका थिए ।

चाँगुनारायण नगरपालिका अन्तर्गत ३५ हजार रोपनी जग्गामा स्मार्ट सिटी निर्माणका लागि कार्य अगाडी बढाइने अर्थ तथा सहरी विकास मन्त्रीले बताएको मेयर जीवन खत्रीले बताएका छन् । उनका अनुसार लामो समय देखि जग्गा रोक्का हुँदा समस्या आएको र यसको निराकरण भनेको केवल स्मार्ट सिटीलाई कार्यान्वयनको बाटो मात्र भएका कारण मन्त्रीहरूको टोली सहित नगरपालिका क्षेत्रको अवलोकन भएको उनले जानकारी दिए ।

चाँगुनारायण नगरपालिका क्षेत्रमा स्मार्ट सिटी कार्यान्वयन नहुँदा यहाँका जनताले विभिन्न समस्या झेल्नुपरेको तथा यसको कार्यान्वयन छिटो भन्दा छिटो गराउनु आवश्यक भएको बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बताएका छन् ।

अर्थ तथा सहरी विकास मन्त्रीका साथमा उपत्यका विकास प्राधिकरणका पदाधिकारी तथा नगरका सरोकारवालाहरू बिचमा भएको उक्त अवलोकनबाट छिटो भन्दा छिटो स्मार्ट सिटी कार्यान्वयनको अवस्थामा आउनेमा आफू विस्वत भएको उनले बताएका छन् ।

स्मार्ट सिटी अन्तर्गत कहाँ अस्पताल बन्ने कहाँ खेल मैदान बन्ने तथा यहाँको विकासमा के कति लागत लाग्छ साथै स्मार्ट सिटी कार्यान्वयन गर्दा यहाँ भएका बस्ती तथा विकासका मोडललाई कसरी आत्मसाथ गर्दै लैजाने भन्ने विषयमा छलफल तथा अवलोकन भएको उनले जानकारी दिए ।

मन्त्रीहरूका साथमा भएको उक्त अवलोकनबाट चाँगुनारायण बासीमा स्मार्ट सिटीको परिकल्पना पुरा हुने आशा जागेको छ ।

 

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ८ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।