ललितखबर/ललितपुर
बर्षभरि दर्जनौं चलचित्र निर्माण भएर प्रर्दशन हुन्छन् । कतिपय चलचित्र हलमा प्रर्दशन भएको र उत्रेको पत्तै हुँदैन ।
तर चलचित्र ’एक्टर : टेक वान’को बर्ष भरि नै चर्चा भइरह्यो । अभिनेता दिलिप रायमाझीकी छोरी दिव्या रायमार्झीको डेव्यु चलचित्र उनको कारण मात्रै होइन चर्चित अभिनेता प्रदिप खड्काका कारण पनि उत्तिकै चर्चाको विषय बन्यो ।
गत कार्तिक १५ गते नै प्रर्दशन मिती तोकिएको यो चलचित्र समयाभावका कारण माघ १६ गते प्रर्दशन हुने निर्णय भएको थियो ।
नाम र कथाबस्तु एउटै बनाएर चलचित्र निर्माण गरेको र प्रर्दशनको तयारी गरेको आरोप लगाउदै नेपाली डायस्पोरा इन्टरटेन्मेन्टका चलचित्र ‘एक्टर’का निर्माता सम्राट थापाल जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेपछि पछिल्लो समय चलचित्र विवादमा आयो ।
तत्काल चलचित्र प्रर्दशन रोक्न अदालतले अल्पकालीन आदेश दिदै यही २२ गते दुबै पक्षलाई अदालतमा झिकायो । विवाद अदालतसम्म पुगेपछि चलचित्र प्रर्दशन रोकियो ।
सेन्सर पास भएर प्रिमियर समेत भइसकेको चलचित्र रोकिएपछि नेपाली रजतपटमा हलचल मच्चियो । चलचित्रसम्बद्ध विभिन्न व्यक्तिको पहलमा विहीबार भएको छलफल र सहमतीपछि शुक्रबारबाट अदालतबाट मुद्दा गरेर चलचित्र प्रर्दशन हुने भएको छ ।
चलचित्रमा अभिनेता प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी,राजबल्लभ कोइराला, निश्चल बस्नेतलगायतको अभिनय छ ।
कस्तो छ चलचित्र :
परिचय विनाको मान्छे गल्लतीको कुकुर जस्तै हो भन्ने सिदान्त बोकेको युवक कैलाशको कलाकार बन्ने सपनामा आधारित छ चलचित्र ‘एक्टर : टेक वान’ ।
अभिनेत्रीहरु (आना शर्मा) र (दिव्या रायमाझी) प्ररणा र प्रकृतिसँग (प्रदिप खड्का) कुशल खड्काको अनस्क्रिन रोमान्स हेर्नलायक छ ।
थुप्रै सिक्वेल बनाउन सकिने कथामा बनेको यो चलचित्रभित्र धेरै कौतुहल जगाउने विषयबस्तु जोडिएको छ । दश बर्षपछि चलचित्रमा पुनरागमन गरेका अभिनेता राजबल्लभ कोइरालाको दमदार प्रस्तुती रहेको चलचित्रमा दिलिप राजमाझीकी छोरी अमेरिकाको बसोबास त्यागेर नेपाली चलचित्रमा डेव्यु गरेकी छिन् ।
फरक कथा, रोचक परिदृश्य र कलाकारहरुको शसक्त अभिनय रहेको चलचित्र एक्टर : टेक वानले बक्स अफिसमा धमकेदार व्यापार गर्नसक्ने अनुमान गर्न सकिन्छ । चलचित्र राजन भुसालको डेव्यु चलचित्र हो ।
प्रतिक्रिया