१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुरमा बाल अदालत गठन गर्दै सरकार‚वैशाख २ गतेदेखि सञ्चालन



काठमाडौं । सरकारले भक्तपुर जिल्लामा बाल अदालत गठन गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले माघ १५ गते बसेको मन्त्रिपरिषद् बैठकले बाल अदालत गठन गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।

सञ्चारमन्त्री गुरुङका अनुसार बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ३० बमोजिम काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोक जिल्ला अदालतको बाल इजलासबाट हेरिने मुद्दाको प्रादेशिक क्षेत्राधिकार रहने गरी भक्तपुरमा बाल अदालत गठन गर्ने निर्णय भएको छ । उक्त बाल अदालत २०८२ साल वैशाख २ गतेदेखि सञ्चालन गर्ने निर्णय भएको उनको भनाइ छ ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ५ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।