१८ फाल्गुन २०८१, आइतबार | Sun Mar 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नख्खु खोलामा पुल निर्माणपछि सञ्चालनमा आयो



काठमाडौं । ललितपुर महानगरपालिकाको ३ वटा वडालाई जोड्ने पुल सञ्चालनमा आएको छ । महानगरपालिकाले वडा नम्बर १३, १४ र २५ लाई जोड्न निर्माण गरेको पक्की पुलको आज शुक्रबार उद्घाटन भएको हो । दक्षिण ललितपुरको क्षेत्रहरू बुंङ्गमती, खोकनातर्फका बासिन्दालाई सहज हुनेगरी महानगरले नख्खु खोलामा पुल निर्माण गरेको हो । महानगरका प्रमुख चिरीबाबु महर्जनले पुल उद्घाटन गरेका हुन् ।

तामाङ मरिन कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको पुल २ करोड ७० लाख रुपैयाँमा निर्माण गरेको हो । महानगरले ३ भदौ २०७९ मा ठेक्का सम्झौता गरेको थियो । २ वर्षभित्र सकाउने सम्झौता भएपनि सम्पन्न नभएपछि २० मंसिर २०८१मा म्याद थपेको थियो ।

पुल सञ्चालन भएपछि दक्षिण ललितपुर क्षेत्रका नागरिकलाई सहज हुने भन्दै महानगर प्रमुख महर्जनले सबैको लागि विकास गरिरहेको बताएका थिए ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ७ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।