१४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


पाथीभरा केबलकार निर्माणको झमेला मिलाउन सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी



काठमाडौँ 
पछिल्लो समय ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा केबलकार निर्माणमा झमेला छ । यहाँका स्थानीय संस्कृती र परम्परा मासिने भन्दै विरोधमा छन् । भने व्यावसायी जसरी पनि केबुलकार बनाउन लागिरहेका छन् । दुबै पक्षको अडानको कारण बेला बेलामा द्वन्द्व निम्तने गरेको छ ।
गृह मन्त्रालयले ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा केबलकार निर्माणमा देखिएको समस्याबारे आवश्यक समन्वय गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी दिएको छ ।
गृह मन्त्रालयले केबलकार नियमनको विषय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत पर्ने भएकाले यस्तो जिम्मेवारी दिइएको गृह मन्त्रालयका शाखा अधिकृत ऋषिकेश खतिवडाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
स्थानीय रुपमा उठेका सवाल र सरोकारका विषय समेतलाई ध्यान दिई सरोकारवालासँग समन्वय र सहजीकरण गरी समस्या समाधान गर्न तत्काल पहल अघि बढाउन गृह मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सरोकारवालासँग समन्वय र सहजीकरण गरी समस्या समाधानको पहल अघि बढाउन अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  ५ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।