काठमाडां । काठमाडौं महानगरपालिका–१६, बालाजु बाइपासमा एक युवक मृत अवस्थामा फेला परेका छन् । अन्दाजी २५ वर्षीय व्यक्ति मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीका अनुसार हालसम्म मृतकको सनाखत भएको छैन । उनको साथमा कालो झोला र बैशाखी समेत भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको छ ।
यसैगरी ललितपुरको दक्षिणकाली नगरपालिका-७ दक्षिणकाली मन्दिर क्षेत्र सुधार समितिको प्राङ्गणभित्र पर्ने फाकु कुलोमा पनि एक जना मृत भेटिएका छन् । मृत भेटिनेमा सोही नगरपालिका-६ कोटाल टोल फर्पिङ बस्ने ३५ वर्षीय गणेश भन्ने रमेश घिमिरे रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया