१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेता आर्यन सिग्देल र अभिनेत्री अन्जना बराइली उत्कृष्ट अभिनेता–अभिनेत्री घोषित



काठमाडौँ
‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’ मा अभिनेता आर्यन सिग्देल र अभिनेत्री अन्जना बराइली उत्कृष्ट अभिनेता–अभिनेत्री घोषित भएका छन् । चलचित्र ‘पुजार सार्की’ फिल्मबाट उनीहरु उत्कृष्ट अभिनेता–अभिनेत्री घोषित भएका हुन् ।

उत्कृष्ट निर्देशकको अवार्ड चलचित्र पुजार सार्कीबाट दिनेश राउत, उत्कृष्ट छायाँकारको अवार्ड चलचित्र बुलाकीबाट शिव ढकाल, इन्करेजमेन्ट अवार्ड बुलाकीबाट अभिनेता नरेन खड्काले र उत्कृष्ट स्कृप्टको अवार्ड चलचित्र पखेटाबाट सनोल दासले प्राप्त गरे ।
राष्ट्रिय चलचित्रतर्फ लक्ष्मण सुनारको बुलाकी र अन्तराष्ट्रियतर्फ भारतको चलचित्र पुभुले सर्वोत्कृष्ट चलचित्र अवार्ड प्राप्त गरेको छ । राष्ट्रियतर्फ प्रतिष्पर्धामा सहभागी चलचित्रहरु बुलाकी, पुजार सार्की, डेसान, पखेटा र बिच्छेद मध्ये ‘पुजार सार्की’ फिल्मबाट अभिनेता आर्यन सिग्देल र अभिनेत्री अन्जना बराइली उत्कृष्ट अभिनेता–अभिनेत्री घोषित भएका थिए ।

(एनसिआईएफएफ)को छैटौँ संस्करण काठमाडौंको राइजिङ मलको क्युएस सिनेमामा मोहन अभिलाषीको लघुचलचित्र पाउलोको प्रदर्शनसँगै सुरु भएको ३ दिने चलचित्र महोत्सव चलचित्र विकास बोर्डमा उत्कृष्ट राष्ट्रिय तथा अन्तराष्ट्रिय चलचित्रहरुलाई अवार्ड वितरणसँगै समापन गरिएको हो ।

यस्तै राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट लघु चलचित्रको अवार्ड रित्तो गाउँबाट रामजी ज्ञवाली, बृत्तचित्रको अवार्ड नो मोनास्ट्री नो भिलेजबाट टासी ल्हाजोमले, महिला चलचित्रको अवार्ड पिरियडबाट रेवती गुरुङले, बाल चलचित्रको अवार्ड द स्कुल वालबाट मोहन श्रेष्ठले कल्चरल चलचित्रको अवार्ड चिपागु निलाबाट योवन शाक्यले, जुरी मेनसन अवार्ड चलचित्र छेसाङबाट रजिला श्रेष्ठले, स्पेशल मेनसन अवार्ड सर्ट फिल्म थ्रेसोल्डबाट सरिता शाहले र एभोन्टोज पपुलर अवार्ड चलचित्र लेट नाईटबाट ओविन उद्दिनले प्राप्त गरेका छन् ।

राष्ट्रिय प्रतिस्पर्धाको निर्णायकमा बरिष्ट संगीतकार तथा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष शम्भुजीत बास्कोटा, अभिनेत्री मिथिला शर्मा, अभिनेता प्रदीप खड्का, अभिनेत्री सुरक्षा पन्त, चलचित्र निर्देशक दीपेन्द्र के. खनाल, चलचित्र निर्माता एवम् निर्देशक रौनक विक्रम कँडेल, निर्देशक दिनेश लिङदेन र टेलिभिजनकर्मी टिकाराम यात्री थिए ।

सूचना सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अग्रज संगीतकार एवं महोत्सवका राष्ट्रियतर्फ निर्णायक प्रमुख शम्भुजीत बासकोटा, नेपाली र विदेशी निर्णायकहरू, अग्रज अभिनेत्रीहरु बसुन्धरा भुसाल, भुवन चन्द, चैतेदेवी सिंहले लगायतले विजेताहरूलाई अवार्ड प्रदान गरेका थिए ।

 

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ९ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।