१७ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘जनै हराएको बाहुन’को थिम संवाद सार्वजनिक, गीत गाएर टिकटकमा पोस्ट गर्नेलाई चलचित्रमा अवसर



ललितपुर
चलचित्र ‘जनै हराएको बाहुन’को यो थिम संवाद सार्वजनिक गरिएको छ । थिममा यो चलचित्रका मुख्य कलाकार विजय बराल र असोसियट निर्देशक तथा अभिनेता मनिष राउतको स्वर छ ।

थिम संवादसँगै निर्माणपक्षले चलचित्रका लागि नयाँ अफर पनिे घोषणा गरेको छ ।

थिममा रहेको गीत गाएर टिकटक बनाएर पोस्ट गर्नेलाई यो चलचित्रको गीत गाउन अवसर दिइने निर्देशन हिमाल न्यौपानेले जानकारी दिएका छन् । अर्जुन पोखरेलको संगीत रहन उक्ते गीतमा उत्कृष्ट स्वर हुनेले यो अवसर पाउनेछ ।

यो चलचित्रको मुख्य भूमिकामा विजय बराल अनुबन्धित भइसकेका छन् । ‘जनै हराएको बाहुन’ हिमाल न्यौपानको डेव्यु निर्देशनमा निर्माण हुने लागेको चलचित्र हो ।

असोसियट निर्देशक ‘प्रेमगीत ३’का अभिनेता मनिष राउत छन् । उनको अभिनय पनि रहनेछ । उनका लागि निर्देशनको यात्राको सुरुआत भने पहिलो हुनेछ ।

‘जनै हराएको बाहुन’लाई पेपरक्लिप प्रालिले निर्माण गर्न लागेको हो । चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् ।

चलचित्रले गाउँबाट सहर आएको एक सामान्य व्यक्तिले भोग्ने अनपेक्षित घटना र त्यसले उनको जीवनमा ल्याउने परिवर्तनलाई देखाउने निर्देशक न्यौपानेले बताए ।

चलचित्रको निर्मातामा सिआर बस्नेत, कमल न्यौपाने, आरके मानन्धर, विमल न्यौपाने, फिलिप डिसी र निशान्त श्रेष्ठ छन् ।

नवीन गुरुङको छायांकन रहने चलचित्रको क्रिएटिभ निर्देशकमा सम्राट महर्जन (ज्याक) छन् । भिएफक्स सुपरभाइजरको रुपमा मयंक निरौला छन् ।

‘जनै हराएको बाहुन’ लागि अन्य कलाकार र प्राविधिक टोलीको बारेमा केही दिनभित्रै सार्वजनिक गरिनेछ । चलचित्रका गीतमा शब्द तथा संगीत अर्जुन पोखरेलको रहनेछ ।

निर्देशक न्यौपानेले चैतबाट छायांकन सुरु गर्ने जानकारी दिए । ‘जनै हराएको बाहुन’ २०८२ सालमा रिलिज हुनेछ ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  १० : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।