२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंका यी विभिन्न स्थानमा विद्युत् आपूर्ति अवरुद्ध



काठमाडौं । उपत्यकाका विभिन्न क्षेत्रमा आजदेखि आठ दिनसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार, विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका कारण बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म बत्ती नआउनेछ।

प्राधिकरणले सूचित गरेअनुसार, बानेश्वर, जोरपाटी, कुलेश्वर र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा चरणबद्ध रूपमा विद्युत् कटौती हुनेछन्।

आज माघ २१ गते चाबहिलको भत्केको पुल वरपरका क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ। यस्तै, २२ गते कलंकी मालपोत वरपर, २३ गते बालकुमारी, इमाडोल तथा लुभु, २४ गते नैकापदेखि बलम्बुसम्म, २५ गते बल्खुदेखि चोभार गेटसम्म, २७ गते जोरपाटी फिडरअन्तर्गत बाबा चोकदेखि क्रिकेट स्टेडियमसम्म, २८ गते गौशाला चोकदेखि पुरानो बानेश्वरसम्म र २९ गते रातोपुलदेखि गौशालासम्मको क्षेत्रमा विद्युत् सेवा प्रभावित हुनेछ।

नेपाल विद्युत् प्राधिकरणले आम उपभोक्तालाई असुविधा कम गर्न पूर्व जानकारी गराउँदै वैकल्पिक उपाय अपनाउन आग्रह गरेको छ। उपत्यकाको विद्युत् प्रणालीलाई प्रभावकारी बनाउन भूमिगत लाइन निर्माण भइरहेको हुँदा केही समयको असुविधा सहन गर्न उपभोक्ताहरूलाई अनुरोध गरिएको छ।

विद्युत् अवरुद्ध हुने क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण, उद्योग, व्यवसाय तथा कार्यालयहरूलाई समयमै तयारी गर्न सल्लाह दिइएको छ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  १० : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।