५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘हरिबहादुरको जुत्ता’ को शुभर्मुहूत



काठमाडौं
चलचित्र ‘हरिबहादुरको जुत्ता’ को शुभमुहूर्त गरिएको छ ।
भक्तपुरको सूर्यविनायक मन्दिरमा चलचित्रको गरिएको हो । चलचित्रको शुभर्मुहूत मन्दिर परिसरमा नरिवल फोरिएको थियो ।
दीपेन्द्र के. खनालको निर्देशन रहेको चलचित्र आजैबाट छायाँकन सुरु हुने जानकारी दिइएको छ ।
एस एम पिक्चर्स प्रालीको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्रमा हरिवंश आचार्य, प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रियंका कार्की, मुरलीधर, किरण केसी, निर्मल शर्मा, रविन्द्र झा लगायतको फिल्ममा मूख्य अभिनय रहनेछ ।
फिल्मको पटकथा, संवाद हरिवंश र उनका छोरा मोहितवंशले मिलेर गरेका हुन् । मोहितवंशको फिल्म निर्माणमा सहकार्य समेत रहनेछ । चलचित्रको डिजिटल अधिकार ओएसआर डिजिटलल लिएकोे छ ।

 

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ११ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।