काठमाडौं
चलचित्र ‘हरिबहादुरको जुत्ता’ को शुभमुहूर्त गरिएको छ ।
भक्तपुरको सूर्यविनायक मन्दिरमा चलचित्रको गरिएको हो । चलचित्रको शुभर्मुहूत मन्दिर परिसरमा नरिवल फोरिएको थियो ।
दीपेन्द्र के. खनालको निर्देशन रहेको चलचित्र आजैबाट छायाँकन सुरु हुने जानकारी दिइएको छ ।
एस एम पिक्चर्स प्रालीको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्रमा हरिवंश आचार्य, प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रियंका कार्की, मुरलीधर, किरण केसी, निर्मल शर्मा, रविन्द्र झा लगायतको फिल्ममा मूख्य अभिनय रहनेछ ।
फिल्मको पटकथा, संवाद हरिवंश र उनका छोरा मोहितवंशले मिलेर गरेका हुन् । मोहितवंशको फिल्म निर्माणमा सहकार्य समेत रहनेछ । चलचित्रको डिजिटल अधिकार ओएसआर डिजिटलल लिएकोे छ ।







प्रतिक्रिया