५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पाटन संग्रहालयमा चम्पापुर चित्रकला प्रदर्शनी



पाटन । पाटन संग्रालयमा चम्पापुर चित्रकला प्रदर्शनी सोमबारबाट सुरु भएको छ। योङ्ग पिकासोको आयोजनामा मंगलबारसम्म चल्ने प्रदर्शननीमा चम्पापुर अर्थात् चापागाउँका विभिन्न सास्कृतिक वस्तुहरुका चित्र राखिएको छ।
विद्यार्थीहरूले कोरेका चापागाउँका पुराना घर, मठ मन्दिर, बाजा, लाखे, रहनसहनका शैली, पोसाक, देवीदेवता आदीका चित्रहरू प्रदर्शनीमा राखिएका छन्।

गोदावरी नगरपालिका वडा नम्बर ११ सँगको सहकार्यमा योङ्ग पिकासोले पुस २ गतेदेखि माघ १६ गतेसम्म बालमैत्री स्थानीय शासन प्रवद्र्धनका लागि विद्यार्थीहरुलाई चित्रकला प्रशिक्षण आयोजना गरेको थियो।

सोही चित्रकला प्रशिक्षण कार्यक्रममा तयार भएका चित्रहरुलाई प्रर्दशनीमा राखिएको योङ्ग पिकासोका निर्देशक अजय देशारले बताए।

वडा नम्बर ११ का वडा अध्यक्ष निलबहादुर देशारले कलाले नै समाजलाई जिवन्त राखेको बताए। विद्यार्थीभाई बहिनीहरुलाई चित्रकलाको प्रशिक्षणले चापागाउँका सस्कति थप उजागर भएकोमा खुसी व्‍यक्त गरे।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  १२ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।