५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘मनको बाँध’ निर्माण हुने



काठमाडौं
चलचित्र ‘मनको बाँध’ निर्माण हुने भएको छ ।
प्रोडक्सन डिजाइनर तथा कार्यकारी निर्माता युवराज कार्कीको डेब्यू निर्देशन रहने गरि चलचित्र निर्माणको घोषणा गरिएको छ । चलचित्रको कलाकार र प्राविधिकहरुको नाम भने खुलाइएको छैन ।
सोमवार उनले चलचित्रको शीर्षक पोस्टर पनि सार्वजनिक गरेका छन् ।
‘मनको बाँध’लाई श्रीत फिल्म्स एन्ड इन्टरटेनमेन्ट र नटराज क्रियसनले संयुक्त रूपमा निर्माण गर्दै छन् ।
नेपाल चलचित्र प्राविधिक सङ्घका महासचिव समेत रहेका युवराज कार्की नेपाली चलचित्र क्षेत्रमा एक अनुभवी प्रोडक्सन डिजाइनरका रूपमा परिचित छन् । उनले ‘जात्रा’, ‘शत्रु गते’, ‘दाल भात तरकारी’ र ‘द सिक्रेट अफ राधा’ जस्ता चलचित्रहरूमा प्रोडक्सन डिजाइनको जिम्मेवारी सम्हालेका थिए । त्
चलचित्र ‘मनको बाँध’ यस अघि नै एउटा चलचित्र निर्माण भएर प्रर्दशन भइसकेको छ । २०२८ सालमा तत्कालीन शाही नेपाल चलचित्र संस्थानले यसै नामको चलचित्र निर्माण गरी २०३० सालमा प्रर्दशन गरेको थियो । प्रकाश थापाको निर्देशनमा बनेको उक्त चलचित्रमा सल्यान के.सी. र सुष्मा शाही मुख्य भूमिकामा थिए ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ९ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।