काठमाडौं
चलचित्र ‘मनको बाँध’ निर्माण हुने भएको छ ।
प्रोडक्सन डिजाइनर तथा कार्यकारी निर्माता युवराज कार्कीको डेब्यू निर्देशन रहने गरि चलचित्र निर्माणको घोषणा गरिएको छ । चलचित्रको कलाकार र प्राविधिकहरुको नाम भने खुलाइएको छैन ।
सोमवार उनले चलचित्रको शीर्षक पोस्टर पनि सार्वजनिक गरेका छन् ।
‘मनको बाँध’लाई श्रीत फिल्म्स एन्ड इन्टरटेनमेन्ट र नटराज क्रियसनले संयुक्त रूपमा निर्माण गर्दै छन् ।
नेपाल चलचित्र प्राविधिक सङ्घका महासचिव समेत रहेका युवराज कार्की नेपाली चलचित्र क्षेत्रमा एक अनुभवी प्रोडक्सन डिजाइनरका रूपमा परिचित छन् । उनले ‘जात्रा’, ‘शत्रु गते’, ‘दाल भात तरकारी’ र ‘द सिक्रेट अफ राधा’ जस्ता चलचित्रहरूमा प्रोडक्सन डिजाइनको जिम्मेवारी सम्हालेका थिए । त्
चलचित्र ‘मनको बाँध’ यस अघि नै एउटा चलचित्र निर्माण भएर प्रर्दशन भइसकेको छ । २०२८ सालमा तत्कालीन शाही नेपाल चलचित्र संस्थानले यसै नामको चलचित्र निर्माण गरी २०३० सालमा प्रर्दशन गरेको थियो । प्रकाश थापाको निर्देशनमा बनेको उक्त चलचित्रमा सल्यान के.सी. र सुष्मा शाही मुख्य भूमिकामा थिए ।
२१ माघ २०८१, सोमबार
60
Shares







प्रतिक्रिया