ललितपुर
वसन्त पञ्चमीको दिन पारेर सोमबार चलचित्र ‘दुःखी आत्मा’को ट्रेलर सार्वजनिक गरिएको छ ।
चलचित्रको विषयबस्तु यौन दुर्बलता रहेको ट्रेलर हेर्दा बुझ्न कठीन पर्दैन ।
ट्रेलरमा अभिनेता राईलाई कविता भन्ने कविको पात्रको रुपमा उतारिएको छ । कलाकार दिया मास्केको संवाददे समेत चलचित्रको कथाबस्तुप्रति कौतुहल बढाएको छ ।
ट्रेलर सार्वजनिक भएको १६ घण्टामै १ लाख ६१ हजार पटक हेरिएको छ ।
आगामी फागुन २ गतेबाट प्रदर्शन हुन लागेको यस चलचित्रमा दयाहाङ र आँचलसहित अनुपविक्रम शाही, बुद्दि तामाङ, रेअर राई, पुष्कर गुरुङ, कविता आले, लोकेन्द्र लेखक, दीया मास्के, आशान्त शर्मा, लुनिभा तुलाधर, शिशिर वाङ्देल लगायतको अभिनय छ ।
दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा फिल्मलाई ‘नाङ्गो गाउँ’का निर्माता हिमाल कडरियाले निर्माण गरेका हुन् ।
फिल्मको कार्यकारी निर्माता सुदीप ढकाल हुन् । यसमा आलोक शुक्लाको छायांकन, निमेष श्रेष्ठको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ ।
क्लक वर्क कृएसनको ब्यानरमा निर्माण भएको फिल्ममा चर्चित कवि तथा गीतकार श्रवण मुकारुङले विभिन्न शीर्षकमा लेखेका दशवटा कविता समावेश गरिएको छ, जुन ट्रेलरमा पनि सुन्न सकिन्छ ।







प्रतिक्रिया