१७ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘जुनाः एक व्यथा’को नयाँ गीत ‘साली ज्यू’ सार्वजनिक



ललितपुर
यही शुक्रबारबाट देशभर प्रर्दशनको तयारीमा रहेको चलचित्र ‘जुनाः एक व्यथा’को नयाँ गीत ‘साली ज्यू’ सार्वजनिक भएको छ ।
बाल विवाह तथा महिला हिंसाविरुद्ध निर्माण गरिएको चलचित्र ‘जुनाः एक व्यथा’को रत्यौली गीत‘साली ज्यू’ मा पूर्णकला बिसीको स्वर, भीमबहादुर पौडेलको शब्द र बीबी अनुरागीको संगीत छ ।

रत्यौली खेल्दै गाइने झ्याउरे पाराको गीतको भिडियोमा बिनु कार्की, अस्मिता बस्नेत र नेहा गौतमको नृत्य छ ।
पश्चिमाञ्चल क्षेत्र वरपर प्रचलनमा रहेको यस रत्यौलीमा छोरी मान्छे लोग्ने मान्छे बनेर नाच्ने प्रचलन देख्न पाइन्छ । जसलाई ‘लुठो’ भन्ने गरिन्छ ।

रत्यौलीलाई प्रस्तुत गरिएको गीतमा एक केटीलाई केटाको गेटअपमा प्रस्तुत गरिएको छ ।

 

गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण भएको यो चलचित्रलाई दीपकप्रसाद घिमिरेले निर्माण गरेका हुन् ।

जीवन सेञ्चुरीको निर्देशन रहेको ‘जुना’मा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, अनिता बस्नेत, कमल बोहोरा र खगेन्द्र न्यौपानेको अभिनय छ ।

पर्वतको सालिजा ओख्रेनीमा छायांकन गरिएको चलचित्रमा राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, जीवन सेञ्चुरी र भीमबहादुर पौडेलको शब्द, अञ्जु पन्त, पूर्णकला बिसी र यदु राई लकान्द्रीको स्वर र रामेश्वर हुमागाईंको डिओपी छ ।

चलचित्रलाई वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले गर्नेछन् ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  १० : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।