१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सरकारले एआई नियमन परिषद् गठन गर्ने, यस्तो छ नीतिको मस्यौदा



काठमाडौं । सरकारले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सम्बन्धी नीतिको मस्यौदा बनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एआईको विकास र प्रयोगलाई व्यवस्थित गर्न राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति २०८१’ को मस्यौदा मङ्गलबार सार्वजनिक गरेको हो ।

मस्यौदामा सरकारले एआईको विकास र प्रयोगका लागि नीतिगत दिशानिर्देश र अन्तर्राष्ट्रिय मान्यतासँग अनुकूल हुने गरी कार्य गर्न सरकारले ‘एआई नियमन परिषद्’ गठनको प्रस्ताव अघि सारेको उल्लेख छ । जसमा एआईसम्बन्धी मुख्य निकायका रूपमा ‘राष्ट्रिय एआई केन्द्र’ स्थापना गर्ने, प्रदेश र स्थानीय तहमा एआईसम्बन्धी समन्वय र सहकार्य निमाण गर्ने तथा एआईको अध्ययन, अनुसन्धान र विकासका लागि ‘एआई एक्सिलेन्स सेन्टर’ स्थापना गर्ने उल्लेख छ । मन्त्रालयले सार्वजनिक गरिएको उक्त नीतिका विषयमा आवश्यक सुझाव दिन सबैमा अनुरोध समेत गरेको छ ।

&

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  १० : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।