काठमाडौं । निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’ को सुरू भएको छ । गोरखा दरबारमा पुजा गरेपछि अभिनेता मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री र नवअभिनेत्री पञ्चमी घिमिरेको दृश्यलाई खिच्दै छायांकन सुरू गरिएको हो ।
निर्देशक घिमिरेले युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक तथा आर्थिक समस्याको कथावस्तु रहेको चलचित्रको छायांकन गोरखा आसपासमा २५ दिनसम्म गरिने छ ।
उनले भने, “अहिलेको समाजको तीतो यथार्थलाई दर्शक समक्ष पु¥याउने कथा तयार भएको छ । मानव बसोबासविहीन बनेको उच्च पहाडको कथा समेटिएको चलचित्रमा नयाँ र पुरानो दुवै पुस्तासँग काम गर्न पाउँदा उत्साहित छु । पुनः चलचित्र निर्देशनमा सक्रिय हुँदा छुटै ऊर्जा प्राप्त भएको छ ।”
यस चलचित्रबाट निर्देशक घिमिरेको छोरी पञ्चमी घिमिरेले अभिनयको सुरुआत गर्नुभएको छ । चलचित्रकर्ममा छोरीको आगमनले आफूलाई खुसी लागेको निर्देशक घिमिरेले बताए ।
यस चलचित्रमा नागरिकको दायित्व र देशको आवश्यकतालाई चित्रण गरिएको छ । ओजस्वी केसी निर्माता रहेको सो चलचित्रलाई प्रमोद प्रधानले छायाङ्कन गरिरहेका छन् । चलचित्रमा विपीन कार्की, सुनिल थापालगायतका कलाकारले अभिनय गर्दै छन् । यसमा रञ्जित गजमेरले सङ्गीत सिर्जना गरेका छन् ।







प्रतिक्रिया