१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चितवन जिल्ला अदालत उपस्थित भए रवि लामिछाने



काठमाडौं । आफूविरुद्ध चितवनस्थित साहारा चितवन बहुउद्देश्यीय सहकारीको बचत ठगीविरुद्ध मुद्दा दर्ता भएको भोलिपल्टै आज बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने चितवन जिल्ला अदालत उपस्थित भएका छन् ।

सरकारी वकिलको कार्यालयले सो सहकारी संस्थाको बचत रकम अपचलनमा सभापति लामिछानेसहित ३२ जनाविरुद्ध हिजो मंगलबार अभियोजन दर्ता गरेको थियो । १२ जनालाई संगठित अपराध र ठगीको मुद्दा दर्ता भएको छ भने अन्यलाई ठगीमामात्रै मुद्दा चलाइएको छ ।

अदालतमा आजैदेखि रविको बयान सुरु हुनेछ । रविको बयान आज सकिए थुनछेक बहस सुरु हुने छ । त्यसपछि न्यायाधीशले उनलाई साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने निर्णय गर्नेछन् ।

गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रहेका लामिछानेलाई ठगीको मुद्दा मात्रै चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयले भने रविलाई पनि दुवै मुद्दाको माग दाबी गरेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ११ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।