५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बनेपामा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु



काठमाडौं । काभ्रेको बनेपामा टिपरको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । हाल नामथर, वतन खुल्न नसकेका अन्दाजी २५/२६ वर्षीय एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बनेपा नगरपालिका-१० पुलबजारस्थित सडकमा बा ५ ख ३२४६ नम्बरको टिपरको ठक्करबाट उनको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  १ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।