५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नुवाकोटमा दुर्घटना हुँदा एक जनाको मृत्यु, आफन्तद्वारा सडक अवरुद्द



काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिका–७ मा यात्रुवाहक बस र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

गल्छिबाट त्रिशूलीतर्फ जाँदै गरेको बा.३ ख ५५४७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा. ५८ प २८०४ नम्बरको मोटरसाइकल बुधबार दिउँसो एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार २२ वर्षीय जीवन राईको मृत्यु भएको हो ।

जीवन दुर्घटनामा घाइते भएको र अस्पताल पुर्‍याएपछि निधन भएको प्रहरीले जनाएको छ । योसँगै मृतकका आफन्तले त्रिशूली–काठमाडौं सडकखण्ड अवरोध गरेका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार अहिले मृतकका आफन्तसँग वार्ता चलिरहेको छ ।

मोटरसाइकल जोगाउने क्रममा बस भित्तामा पुगेर ढुंगामा जोतिन पुगेको थियो । बसमा सवार १८ जना र मोटरसाइकलमा सवार १ जना घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल नुवाकोट लगिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ६ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।