१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रविलाई न्यायिक हिरासतमा पठाइयो



काठमाडौं । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानको थुनछेक बहस नसकिएपछि उनलाई न्यायिक हिरासतमा पठाइएको छ ।

चितवनको साहारा बहुउद्देश्यीय सहकारी ठगी प्रकरणका प्रतिवादी लामिछानको बहस न्यायाधीश दयाराम ढकालको इजलासमा परेको थियो । उनलाई बिहीबार बिहान १० बजे अदालतमा उपस्थित हुन आदेश दिइ हिरासतमा पठाइएको हाे ।

मंगलबार लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा मुद्दा दायर भएको थियो । जसमा रविलाई सहकारी ठगीमा मात्रै मुद्दा दर्ता गरिएको थियो भने अन्य १२ जनालाई संगठित अपराध कसुरमा पनि मुद्दा दर्ता गरिएको

लामिछानेले पोखरा र बुटवलबाट आफैं ऋण लगेको देखिएकाले ठगी र संगठित अपराधमा मुद्दा दर्ता भएको तर, चितवनमा आफैंले लगेको नदेखिएकाले ठगीमा मात्र मुद्दा चलाइएको बताएका थिए ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ८ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।