३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


दिलिपकी छोरी दिव्या चलचित्रमा निरन्तर व्यस्त



ललितपुर
केही समय अघि अमेरिकाको आर्कषक जागिर छोडेर चर्चित अभिनेता दिलिप रायमाझीकी छोरी दिव्या रायमाझीको परिवार नेपाल बसाई स¥यो । नेपाली चलचित्र क्षेत्रमा भविश्य देखेर नेपाल फर्केकी दिव्याले पछिल्लो समय भटाभट चलचित्रमा अनुबन्धित हुँदै व्यस्त बन्न थालेकी छिन् ।

अहिले उनको चलचित्र ‘एक्टरः टेक वन’ देशभरका हलहरुमा प्रर्दशन भइरहेको छ । पछिल्लो समय उनले चलचित्रको पिताम्बरको छायाँकन समापन गरेकी छिन् ।

हालै अभिनेत्री दिव्या रायमाझीले नयाँ नेपाली चलचित्र ‘माया प्रीति’ मा प्रमुख भूमिका निभाउने गरि अनुबन्धित भएकी छिन् । निर्माणाधीन यस चलचित्रका कार्यकारी निर्माता सन्तोष कुमार कार्की र क्रिएटिभ निर्देशक प्रणव जोशीले बुधवार उनलाई आधिकारिक रूपमा अनुबन्ध गरेका हुन् ।
रोमान्टिक कमेडी यो चलचित्रलाई अवि श्रेष्ठले निर्देशन गर्नेछन् ।

चलचित्रमा अनुबन्ध भएपछि रायमाझीले आफू नेपाली चलचित्रको संस्कारमा हुर्किएकी भएकाले राम्रो स्क्रिप्ट छनोट गर्न सजिलो भएको बताइन् । ‘माया प्रीति’को कथा आफूले खोजे जस्तै भएको उनको भनाइ छ । तर, उनले आफ्नो भूमिकाबारे भने खुलासा गर्न चाहिनन् ।
वन टू थ्री स्टुडियोज प्रा.लि.को ब्यानरमा निर्माण हुने यस चलचित्रमा चर्चित अभिनेत्री निशा अधिकारी कार्यकारी निर्माताको रूपमा रहनेछिन् ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहिबार  ९ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।