३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्रसम्बन्धी अध्ययन र अनुसन्धान गर्न छात्रवृत्ति प्रदान (नामसहित)



काठमाडौं । चलचित्रसम्बन्धी अध्ययन तथा अनुसन्धानका लागि चलचित्र विकास बोर्डले छात्रवृत्ति प्रदान गरेको छ ।

बोर्डका अध्यक्ष दिनेश डिसीले छात्रवृत्तिवापतको रकम सम्बन्धित कलेजलाई हस्तान्तरण गरेका छन् । अध्यक्ष डिसीले माध्यमिक र स्नातक तहका विद्यार्थीको छात्रवृत्ति ओस्कार इन्टरनेसनल कलेजको संयोजक नवनिधि दाहाल, नेपाल फिल्म क्याम्पस तथा नेपाल संगीत विद्यालयको तर्फबाट प्रिन्सिपल शिशिर उप्रेतिले विद्यार्थीको छात्रवृत्ति वापतको रकम हस्तान्तरण गरे ।

विद्यार्थी छात्रवृत्ति कार्यक्रम २०६१ सालबाट सुरु भए पनि यसवर्षदेखि माध्यमिक तहमा अध्ययन गर्न चाहने विद्यार्थीले पनि छात्रवृत्ति पाउने व्यवस्था गरिएको छ ।

यसअघि विद्यावारिधिमा दुई, स्नातकमा दश र सर्ट कोर्ष दुईजनालाई छात्रवृत्ति दिने गरे पनि यस वर्षबाट विद्यावारिधितर्फ तीनजना, स्नातकमा १३ र माध्यमिकतर्फ पाँचजनालाई छात्रवृत्ति प्रदान गर्ने निर्णय गरिएको बोर्डले जनाएको छ ।

 

प्रकाशित मिति : २४ माघ २०८१, बिहिबार  १ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।