५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कमलपोखरी ग्याँस विस्फोट घटनाः घाइते सबैलाई कीर्तिपुर लगियो(अपडेट)



काठमाडौं । कमलपोखरीस्थित सानदार मःम पसलमा ग्याँस सिलिन्डर विस्फोट हुँदा घाइते भएका सबै ११ जनालाई कीर्तिपुरको बर्न अस्पताल पठाइएको छ ।

हिमाल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि सबै घाइतेहरुलाई कीर्तिपुरको बर्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेहरुमध्ये एक जनाको अवस्था गम्भीर छ भने अरु १० जनाको अवस्था सामान्य छ ।

विस्फोटमा घाइते भएका कूल १४ जनामध्ये ३ जना भने अस्पताल लैजानुनपर्ने खालका रहेका प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहिबार  २ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।