१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


घरभाडा नदिएको निहुँमा हत्या



काठमाडौं । पाल्पाका एक घरबेटीले घर भाडा नदिएको निहुँमा एक जनाको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार १४ सय रुपैयाँ घर भाडा नदिएको निहुँमा जिल्लाको तानसेन–११, साँचाका ३१ वर्षीय माधव विष्टले डेरामा बस्दै आएका रिब्दीकोट–१, जोगीथुमका ५२ वर्षीय रुद्रबहादुर बुढाथोकीको हत्या गरेका हुन् ।

बुढाथोकी ६ महिनादेखि विष्टको घरको एउटा कोठामा बस्दै आइरहेका थिए । मासिक ५ सय रुपैयाँ दिने सहमति भए पनि पछिल्लो समय १४ सय रुपैयाँ तिर्न बाँकी भएको र विवादका क्रममा मदिरा सेवन गरेका विष्टले हँसिया प्रयोग गरी बुढाथोकीको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बुढाथोकी माघ २३ गते बिहान ८ बजेतिर डेरामा मृत भेटिएका थिए । मृतकको नाक, निधार, मुख र सुतेको खाटमा समेत रगत लागेको थियो ।

विष्टले अनुसन्धानका क्रममा हत्या गरेको स्वीकारेका थिए । उनलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  १ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।