६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरबासी टिप्पर आतंकले आजित भए, नख्खु करिडोर यथाशिघ्र निर्माण गरियोस्ः डा.तोसिमा कार्की



काठमाडौं । रास्वपाकी सांसद डा. तोसिमा कार्कीले ललितपुर क्षेत्रमा टिप्पर आतंकले जनता आजित भएको बताएकी छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले भनिन्,‘मेरो निर्वाचन क्षेत्र ललितपुर ३ का नागरिकको संविधानको धारा ३५ स्वास्थ्य सम्बन्धी हक, धारा ३० स्वाच्छ वातारणको हक, धारा १७ उपधारा २ व्यवसाय गर्न पाउने हक हनन् भएको छ । कारण हो टिप्पर आतंक । पटक पटक सरोकारवालाहरुसँग छलफल गरियो । करिडोर मार्गबाट मात्र टिप्पर सञ्चालन गर्ने भन्ने निर्णय गरियो । तर कार्यान्वयन भएको छैन । नख्खु भैसीपार्टी सडक बुंमती खोकनाको बस्तिभित्र समेत अनियन्त्रित रुपमा टिप्परहरु सञ्चालन गर्नाले दुर्घटनाको जोखिम बढेको छ ।’

यस्तै उनले अत्यधिक धुँलोका कारण मुटु फोक्सो दमका रोगी हुनुपरेको बताइन् । मासु पसल, किनारा पसलहरु महिनौदेखि बन्द हुनुपरेको उनको भनाइ छ ।

उनले नख्खु करिडोर यथाशिघ्र निर्माण गर्न माग गरिन् । उनले भनिन्,‘टिप्परहरु बस्ती भित्रबाट सञ्चालनमा रोक लगाइयोस् । वातावरणीय प्रदुषण रोक्न प्रभावकारी कदम चालियोस् ।’

सांसद कार्कीले प्रतिनिधि सभाको शुक्रबारको बैठकमा राखेका विषय जस्ताको तस्तै
मेरो निर्वाचन क्षेत्र ललितपुर ३ का नागरिकको संविधानको धारा ३५ स्वास्थ्य सम्बन्धी हक, धारा ३० स्वाच्छ वातारणको हक, धारा १७ उपधारा २ व्यवसाय गर्न पाउने हक हनन् भएको छ । कारण हो टिप्पर आतंक । पटक पटक सरोकारवालाहरुसँग छलफल गरियो । करिडोर मार्गबाट मात्र टिप्पर सञ्चालन गर्ने भन्ने निर्णय गरियो । तर कार्यान्वयन भएको छैन । नख्खु भैसीपार्टी सडक बुंमती खोकनाको बस्तिभित्र समेत अनियन्त्रित रुपमा टिप्परहरु सञ्चालन गर्नाले दुर्घटनाको जोखिम बढेको छ । अत्यधिक धुँलोका कारण मुटु फोक्सो दमका रोगी हुनुपरेको छ । मासु पसल, किनारा पसलहरु महिनौदेखि बन्द हुनुपरेको छ ।
नख्खु करिडोर यथाशिघ्र निर्माण गरियोस् । टिप्परहरु बस्ती भित्रबाट सञ्चालनमा रोक लगाइयोस् । वातावरणीय प्रदुषण रोक्न प्रभावकारी कदम चालियोस् ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  २ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।