काठमाडौं । रास्वपाकी सांसद डा. तोसिमा कार्कीले ललितपुर क्षेत्रमा टिप्पर आतंकले जनता आजित भएको बताएकी छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले भनिन्,‘मेरो निर्वाचन क्षेत्र ललितपुर ३ का नागरिकको संविधानको धारा ३५ स्वास्थ्य सम्बन्धी हक, धारा ३० स्वाच्छ वातारणको हक, धारा १७ उपधारा २ व्यवसाय गर्न पाउने हक हनन् भएको छ । कारण हो टिप्पर आतंक । पटक पटक सरोकारवालाहरुसँग छलफल गरियो । करिडोर मार्गबाट मात्र टिप्पर सञ्चालन गर्ने भन्ने निर्णय गरियो । तर कार्यान्वयन भएको छैन । नख्खु भैसीपार्टी सडक बुंमती खोकनाको बस्तिभित्र समेत अनियन्त्रित रुपमा टिप्परहरु सञ्चालन गर्नाले दुर्घटनाको जोखिम बढेको छ ।’
यस्तै उनले अत्यधिक धुँलोका कारण मुटु फोक्सो दमका रोगी हुनुपरेको बताइन् । मासु पसल, किनारा पसलहरु महिनौदेखि बन्द हुनुपरेको उनको भनाइ छ ।
उनले नख्खु करिडोर यथाशिघ्र निर्माण गर्न माग गरिन् । उनले भनिन्,‘टिप्परहरु बस्ती भित्रबाट सञ्चालनमा रोक लगाइयोस् । वातावरणीय प्रदुषण रोक्न प्रभावकारी कदम चालियोस् ।’
सांसद कार्कीले प्रतिनिधि सभाको शुक्रबारको बैठकमा राखेका विषय जस्ताको तस्तै
मेरो निर्वाचन क्षेत्र ललितपुर ३ का नागरिकको संविधानको धारा ३५ स्वास्थ्य सम्बन्धी हक, धारा ३० स्वाच्छ वातारणको हक, धारा १७ उपधारा २ व्यवसाय गर्न पाउने हक हनन् भएको छ । कारण हो टिप्पर आतंक । पटक पटक सरोकारवालाहरुसँग छलफल गरियो । करिडोर मार्गबाट मात्र टिप्पर सञ्चालन गर्ने भन्ने निर्णय गरियो । तर कार्यान्वयन भएको छैन । नख्खु भैसीपार्टी सडक बुंमती खोकनाको बस्तिभित्र समेत अनियन्त्रित रुपमा टिप्परहरु सञ्चालन गर्नाले दुर्घटनाको जोखिम बढेको छ । अत्यधिक धुँलोका कारण मुटु फोक्सो दमका रोगी हुनुपरेको छ । मासु पसल, किनारा पसलहरु महिनौदेखि बन्द हुनुपरेको छ ।
नख्खु करिडोर यथाशिघ्र निर्माण गरियोस् । टिप्परहरु बस्ती भित्रबाट सञ्चालनमा रोक लगाइयोस् । वातावरणीय प्रदुषण रोक्न प्रभावकारी कदम चालियोस् ।







प्रतिक्रिया