२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


युवतीकोले अश्लील भिडियो खिचेर आफन्तलाई पठाएपछि…



काठमाडौं
एक युवतीसँग अश्लील भिडियो खिचेर उनका आफन्तलाई पठाएको उजुरी परेपछि दाङ लमही नगरपालिका–५ घर भएका २१ वर्षीय रवि सिंह रसैलीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पीडितसँग सम्बन्धमा रहँदा सहमति बिना भिडियो खिचेकोे अश्लील भिडियो तथा तस्विरहरू पीडितको आफन्तहरूको म्यासेन्जरमा पठाई चरित्र हत्या गरेको उजुरी परेको प्रहरीको भनाई छ ।
उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले वडा प्रहरी कार्यालय लमही दाङको समन्वयमा पक्राउ गरिएो थियो ।
उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
प्रहरीले पिडित महिलाको नाम भने खुलाएको छैन । तर तस्विर सार्वजनिक गर्ने व्यक्तीको नाम भने विज्ञप्तीमा उल्येख गरेको छ ।

प्रस्तुत समाचारमा भुलवशं आफ्नै श्रीमती शव्द परेकोले क्षमा प्रार्थीसँगै सच्चाइएको छ ।
सम्पादक

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ४ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।