२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


क्यारेबियन सागरमा शक्तिशाली भुकम्पको धक्का, सुनामीको चेतावनी



काठमाडौं
भर्खरै क्यारेबियन सागरमा शक्तिशाली भुकम्पको धक्का महसुस गरिएको छ ।
भुकम्पसँगै वरवारका विभिन्न देशहरुमा सुनामी आउने चेतावनी दिइएको छ ।
विविसीका अनुसार भर्खरै ७।६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो ।

अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु होन्डुरासबाट करिब ३० किलोमीटर उत्तर रहेको छ ।

भूकम्पपछि कोलम्बिया, केम्यान टापु, कोस्टारिका, होन्डुरास, निकारागुवा, र क्युबा लगायतका क्षेत्रहरूमा सुनामी चेतावनी जारी गरिएको छ ।

मुख्यगरी केम्यान टापु सरकारले भने सुनामी खतरा रहेको भन्दै, तटीय क्षेत्रका बासिन्दाहरूलाई स्थलतर्फ सर्ने आग्रह गरेको छ ।

यसअघि सन् २०१८ मा पनि ७।५ म्याग्निच्युडको भूकम्प यही क्षेत्रमा गएको थियो । त्यसबखत सुनामी पनि ल्याएको थियो ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ९ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।