५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर बालक अपहरणः भारत लैजाने तयारी गरिएको थियो



‘अपहरण आरोपमा पक्राउ परेका भियतनामी नागरिक मि हाङ किन्हालुनमाथि अनुसन्धान गर्दा उक्त विषय खुलेको प्रहरीले जनाएको छ । त्यसका लागि बसको टिकट समेत काटिएको र पञ्जाबमा राख्ने व्यवस्था समेत पाइएको छ ।’

ललितपुर । ललितपुरबाट अपहरणमा परेका चार वर्षीय बालकलाई अपहरणकारीले भारतमा लैजाने तयारी गरिरहेको बुझिएको छ । कलंकीको होटलबाट उद्धार गरिएका बालकलाई पञ्जाब लैजाने तयारी गरिएको थियो ।

अपहरण आरोपमा पक्राउ परेका भियतनामी नागरिक मि हाङ किन्हालुनमाथि अनुसन्धान गर्दा उक्त विषय खुलेको प्रहरीले जनाएको छ ।
त्यसका लागि बसको टिकट समेत काटिएको र पञ्जाबमा राख्ने व्यवस्था समेत पाइएको छ ।

ललितपुर महानगरपालिका–१२ पाटन बस्ने चेपाङ थरका चार वर्षीय बालकको २४ माघमा अपहरणमा परेका थिए । राति ८ बजेर २० मिनेट जाँदा ती बालकलाई हराएको भन्दै उनकी आमाले प्रहरीमा जाहेरी दिएकी थिइन् ।

अपहरण गरेर ती बालकलाई कलंकीस्थित इलाम मेची गेस्ट हाउसमा बन्धक बनाइएको अवस्थामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उद्धार गरेको थियो ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ३ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।