काठमाडौं । चलचित्र ‘हरिबहादुरको जुत्ता’ले प्रदर्शन मिति तय गरेको छ । छायांकनमा रहेको चलचित्र दसैँको ‘फूलपाती’मा रिलिज हुने भएको छ ।
यो चलचित्रमा हरिवंश आचार्य र प्रकाश सपूत मुख्य भूमिकामा छन् । दीपेन्द्र के खनालले निर्देशन गरिरहेका छन् ।
“हरिबहादुर पनि जुत्ता फुकालेर यसपालिको दसैँ (फूलपाती)मा टीका लगाउन आउने भयो चलचित्र हरिबहादुरको जुत्ता” निर्देशक दीपेन्द्र फेसबुकमा लेख्छन् ।
‘हरिबहादुरको जुत्ता’ आउने भएसँगै यो दसैँमा रिलिजका लागि मिति तय गर्ने चलचित्रको संख्या आठ पुगेको छ । ‘परालको आगो’, ‘माइतीघर’, ‘१२ गाउँ–२’, ‘जारी–२’ ‘डबल ट्रिपल’, ‘महाराजधिराज’, , ‘माग्ने राजा’, ‘हरिबहादुरको जुत्ता’, ‘बलिदान’, ‘दशमी’ लगायत छन् ।
यी मध्ये ‘१२ गाउँ–२’ र ‘जारी–२’ र ‘बलिदान’ले भने औपचारिक रूपमा घोषणा गर्न बाँकी छ ।







प्रतिक्रिया