काठमाडौं । काठमाडौँको दक्षिणकाली नगरपालिका–३ फर्पिङमा आज दिउँदो स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भन्ज्याङ भन्ने ठाउँ मा जुनकिरी इङ्लिस स्कुलका करिब ५० जना विद्यार्थी बोकेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हाे ।
मृत्यु हुनेमा स्कुल बसका चालक दक्षिणकाली नगरपालिका४ घर भएका ३५ वर्षीय रामकृष्ण थापा मगर र सोही ठाउँका ८ वर्षीय बालक विपिन श्रेष्ठ रहेका छन् । थापामगरको नगर अस्पताल दक्षिणकालीमा र श्रेष्ठको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।







प्रतिक्रिया