ललितपुर
चापागाँउ दोबाटोमा एक गाडीले ठक्कर दिएपछि वालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका–१५ चापागाउँ दोबाटोस्थित सडकमा बा.प्र.– ३–०१–०२४ च ९१५५ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने मकवानपुर घर भएका १४ वर्षीय साहन मोक्तानको आइतबार बिहान मृत्यु भएको हो ।
आइतबार बिहान भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन अस्पताल लगनखेलमा उपचारको क्रममा मृत्यु भएको थियो ।
उक्त घटना लगत्तै गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
२८ माघ २०८१, सोमबार
7.3k
Shares








प्रतिक्रिया