५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भीमफेदीमा पल्टियो ग्यास बुलेट, सडक एकतर्फी सञ्चालन



काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका १ रातोमाटेमा ग्यास बुलेट पल्टिएको छ । हेटौँडाबाट भैँसेतर्फ जाँदै गरेको एनएल ०१ के ११९७ नम्बरको १२ चक्के ग्यास बोकेको इन्डियन बुलेट गाडी दुर्घटना भएको हो ।

दुर्घटनाका कारण उक्त सडकमा एकतर्फी मात्रै सञ्चालन भएको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आइतबार राति ९ बजेतिर दुर्घटना भएको ग्यास बुलेटका कारण सडक एकतर्फी अवरुद्ध भएको हो ।

ग्यास बुलेट पल्टिएको सडकको भित्ताको साइडमा ट्र्याक खोलेर हाललाई अस्थायी रूपमा साना सवारीसाधनलाई एकतर्फी गुड्न दिइएको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  १२ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।