१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बालेनलाई अमरेशको च्यालेन्ज: कवाडी गोदाम हाेइन सक्छौँ भने सिंहदरबार भत्काएर देखाऊ



काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले काठमाडौं महानगरले कवाडी व्यवसायीमाथि गरेको व्यवहारप्रति आपत्ति जनाएका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आइतबार टेकुस्थित कवाडी गोदाम भत्काउन पुगेको काठमाडौं महानगरको प्रहरी टोलीले व्यवसायीमाथि गरेको व्यवहारप्रति आपत्ति जनाएका हुन्।

उनले काठमाडौं महानगरका मेयर बालेन्द्र साहलाई कवाडी गोदाम मात्र नभएर सिंहदरबार भत्काउन पनि च्यालेन्ज दिएका छन्।

उनले भने, ‘बालेनलाई च्यालेन्ज गर्छु हिम्मत छ भने संसद भवन भत्काएर देखाऊ, हिम्मत छ भने सिंहदरबार भत्काएर देखाऊ, हिम्मत छ भने सर्वोच्च अदालत, बालुवाटार र शीतल निवास भत्काएर देखाऊ। यो नाजीवाद मेयरको चल्दैन।’

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ३ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।