२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


रोकिएन शेयर बजारको पहिरो



काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १०.९८ अंकले घटेर २६७७.३२ बिन्दुमा पुगेको हो । आइतबार नेप्से ११.४९ अंकले घटेर २६८८.३१ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ७७ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६१ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज छ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा छ अर्ब ९६ करोड २ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा आठ अर्ब ३९ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज नेपाल रिपब्लिक मिडिया कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २४ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा न्यादी हाइड्रोपावर र नेपाल रिपब्लिक मिडिया रहेका छन् । आज यस कम्पनीको शेयरमूल्यमा सर्किट लागेको हो । आज बोटलर्स नेपाल (बालाजु) र उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ४ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।