आगामी फागुन ९ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्रमा भनायक द्वन्द्वको दृश्यहरु समेटिएको छ
ललितपुर
चलचित्र प्राविधिक हुँदै लामो समयदेखि सक्रिय जुनिम गहतराजले नयाँ चलचित्र ल्याएका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच उनको निर्माण र निर्देशनमा तयार भएको चलचित्र ‘ताण्डवम्’को ट्रेलर सार्वजनिक गरिएको छ ।
चलचित्रमा जुनिम गहतराज मुख्य मुमिकामा देखिन्छन् । उनलाई डेव्यु अभिनेत्री सरिना मगर साथ दिएकी छिन् । अंकित खड्का, पुष्कर गुरुङ, प्रेम सुब्बा, अनोज पाण्डे, कमल कार्की लगायत कलाकारहरुको अभिनय चलचित्रमा हेर्न पाइन्छ ।
मालिकको सामान पु¥याउन इटहरी जाँदा भएको एक रातको घटनाबाट सुरु हुने चलचित्रको कथामा बदलाको द्वन्द्व चर्केको ट्रेलरमा देखाइएको छ ।
आगामी फागुन ९ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्रमा भनायक द्वन्द्वको दृश्यहरु समेटिएको छ । २ मिनेट ५ सेकेन्ट लामो ट्रेलरमा धेरै दृश्य रातमा खिचिएको छ ।
ट्रेलरमा प्रेम र द्वन्द्वका दृश्यहरू मिसिएका छन् । क्राइम–थ्रिलर जनरामा बनेको चलचित्र आफ्नै प्रोडक्सन हाउस सिंहदेवी प्रोडक्सनले भिजुअल आट्र्स स्टुडियोसँग निर्माणमा सहकार्य गरेको हो । चलचित्रमा धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम निर्माता रहेका छन् ।
चलचित्र हरि घले लामाले छायांकन गरेका हुन् । चलचित्रमा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, सुशान्त गौतमको संगीत तथा कोबिद बज्रको ब्याकग्राउन्ड म्युजिक छ । चलचित्रको कथा, पटकथा एवं संवाद अनिरुद्ध आत्रेय र हुसेनले मिलेर लेखेका हुन् ।







प्रतिक्रिया