कति खाम खाम भनि’रा । उद्घोषणको पैसा दिएको छैन र भनेको ?
ललितखबर/काठमाडौं
सामान्यतयाः सानातिना सभा समारोहमा उद्घोषण गर्ने व्यक्तिलाई पारिश्रमिक दिने चलन छैन । ठूला सभा समारोहमा भने ठूलै रकम दिएर व्यावसायिक संचारकर्मीहरुलाई उद्घोषण गराउने चलन छ ।
तर चलचित्र क्षेत्रमा भने हरेक कार्यक्रममा सञ्चारकर्मीलाई पारिश्रमिक दिएरै कार्यक्रम चलाउन दिइन्छ । एक देखि दुई घण्टासम्म कार्यक्रम बोलेपावत उनीहरुले राम्रै पारिश्रमिक लिने गरेको चर्चा हुने गर्दछ ।
सोमबार राजधानीको जमलस्थित एक चलचित्र भवनमा चलचित्र ‘ताण्डवम्’को ट्रेलर सार्वजनिक कार्यक्रम सुरु हुने बेला उद्घोषकको अभाव देखियो । निर्माता तथा निर्देशक गहतराजले युट्युवर मदन रिजाललाई कार्यक्रम चलाउन अनुरोध गरे उनी राजी पनि भए ।
तर कार्यक्रममा बोल्ने बेलामा पटक पटक खाम (पारिश्रमिक)को कुरा उठाइरहे । उनले नजानिदो तरिकाले मलाई बोलेवापत पैसा चाहिन्छ भन्ने भाव प्रकट गरेको बुझिन्थ्यो ।
मदन रिजालको प्रस्तुती मन नपरेपछि कलाकार अंकित खड्कालाई मन परेको रहेनछ । उनी अचानक जंगिए, ‘कति खाम खाम भनि’रा । उद्घोषणको पैसा दिएको छैन र भनेको ?’ मदनको त्यो प्रस्तुतीलाई इसारा गर्दै निर्देशक तथा निर्माता जुनिम गहतराज पनि अलि बढी भयो भन्दै प्रतिकृया दिदै थिए ।
उद्घोषणको क्रममा युट्युवबर रिजाल पटक पटक चिप्लिरहेका थिए । उनले चलचित्रको नाम समेत गलत उच्चारण गर्दै थिए । चलचित्रको नाम ‘ताण्डवम्’ हुनु पर्नेमा उनले ताण्वडम् शव्द प्रयोग गरको सुनिन्थ्यो । तर उनले आफूले गलत बोलेकोमा विनम्र भाव प्रकट भने गरेका थिएनन् । अनि माफी पनि मागेनन् ।







प्रतिक्रिया