२८ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘पिताम्बर’को गीत ‘म त फ्यान भएँ यार’मा अभिनेता प्रदिप र दिव्या रोमान्टिक



यही चैत्र २९ गतेबाट प्रर्दशनमा आउन लागेको चलचित्र ‘पिताम्बर’को नयाँ गीत ‘म त फ्यान भएँ यार’ सार्वजनिक भएको छ ।
राजधानीको कमल पोखरीस्थित एक चलचित्र भवनमा तामझामका साथ सार्वजनिक गरिएको गीतमा अभिनेता प्रदिप खड्कासँग नवअभिनेत्री दिव्या राजमार्झीको आर्कषक नृत्य हेर्न सकिन्छ । गीतमा उनीहरु रोमान्टिक भावभंगीमा प्रस्तुत भएका छन्  ।
एक भव्य सेटमा नृत्यमा नृत्यमा रमाइरहेका अभिनेता खड्का र रायमाझीसँग एक सय हाराहारी कलाकारले कोरस नृत्य गरिरहेका छन् । गीतमा उनीहरुलाई राधा–कृष्णको रुपमा प्रस्तुत गरिएको छ ।
चलचित्रका निर्माता समेत रहेका सिनेमेट्रोग्राफर पुरुषोत्तम प्रधानले खिचेको गीतका दृश्यहरुमा खोट लगाउने ठाँउ भेट्न मुस्किल छ । कोरियोग्राफर कविराज गहतराजको काम पनि चित्तबुझ्दो छ ।
चलचित्रका निर्माता विशाल चौलागाईले गीत सार्वजनिक कार्यक्रममा चलचित्रको यो गीत छायाँकनको मेहनतको विषयमा खुलेर चर्चा गरेका थिए । उनका अनुसार दिपावलीको पुर्वसन्ध्यामा निर्माणधिन सेट अलपत्र पारेर भारतीय कालीगढहरु फर्केपछि पुर्ननिर्माण गर्नु परेको थियो । उनले भने, ‘हामीले गीतको दृश्य खिच्न धेरै मेहनत गरेका छौं । खर्च गर्न पनि कञ्जुस्याई गरिएको छैन ।’
चलचित्रकी निर्माता कृषा चौलागाईले कलाकार र प्राविधिकहरुको धेरै मेहनतपछि मात्रै उत्कृष्ट भिडियो बन्न सकेको बताइन् । उनले चलचित्रको काममा दिन रात खट्ने उनीहरुलाई धन्यवाद समेत दिइन् ।

सार्वजनिक उक्त गीतमा आशिष अविरल र अस्मिता अधिकारीको स्वर, आनन्द अधिकारीको शब्द तथा आशिष अविरलको संगीत छ ।
गीतका लागि भारतबाट सेटसहित कालगिढहरु ल्याइएको थियो । चलचित्रको गीतको लागि गरिएको मेहनत र लागतहेर्दा झण्डै थोरै बजेटका एउटा चलचित्रको जत्तिनै खर्च भएको अनुमान गर्न सकिन्छ ।

चलचित्रमा नेपाली चलचित्र क्षेत्रका दिग्गज कलाकारहरुको भीड छ । चलचित्रमा अभिनेता प्रदीप र दिव्यासँगै अभिनेताहरु दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, दिव्यदेव पन्तलगायतको अभिनय हेर्न पाइन्छ । चलचित्रमा प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा तथा संवाद छ ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  १ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।