२८ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


मेयर बालेनले गाएको चलचित्र ‘लाज शरणम्’मा एक नम्बर गीत ट्रेन्डिङमा



 

काठमाडौं

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको चलचित्र ‘लाज शरणम्’को गीत एक नम्बरको ट्रेन्डिङमा आएको छ । एक दिनमा यो समाचार तयार पार्ने बेलासम्म गीतले १४ लाख ३६ हजार भ्युज पाएको छ ।
सामाजिक सञ्जाल युट्युवमा पोष्ट भएको केही घण्टामै ट्रेन्डिङमा प्रवेश गरेको थियो । युट्युब ट्रेन्डिङमा सबैभन्दा चाँडो एक नम्बरमा आउने गीतको रेकर्ड यो गीतले समेत बनाएको छ ।

२४ घण्टा नपुग्दै ‘नेपाल हाँसेको’ बोलको गीत युट्युबको म्युजिक सेक्सनको ट्रेन्डिङको एक नम्बरमा पुग्ने चलचित्रको पहिलो गीत बनेको हो ।

यो गीत नेपाल बाहेक अस्ट्रेलियामा, युएई, कतार , माल्टामा र कुवेत गरी अन्य पाँच देशको युट्युब ट्रेन्डिङमा समेत रहेको छ ।

‘नेपाल हाँसेको’ बोलको गीतमा बालेनको शब्द, संगीत, स्वर र ¥याप छ । कोरसमा अन्य कलाकारको पनि स्वर सुन्न सकिन्छ । सारा खड्गी, मानुसी पौडेल, कृषा खड्कालगायतको कोरसमा स्वर छ ।

बालेन मेयर भएपछि उनले गाएको गीत पहिलोपटक बजारमा आएको हो । ‘लाज शरणम्’ले बालेनको स्वरमा रहेको गीतलाई प्रोमोसनल गीत भनेको छ ।

चलचित्र ‘लाज शरणम्’ले केही दिनअगाडि मात्रै ‘हेर्दा हेर्दैमा’ बोलको गीत सार्वजनिक गरेको थियो ।

 

चलचित्र ‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको चलचित्र हो । लेखक, कलाकारदेखि निर्देशकसम्म यो चलचित्रमा ‘सक्किगोनि’ टिमको छ ।

‘लाज शरणम्’को मुख्य भूमिकामा सिताराम कट्टेल ‘धर्मुस’ मुख्य भूमिकामा छन् । यो चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका हुन् ।

‘सक्किगोनि’ टिमले बनाएको यो चलचित्रमा धुर्मुससँगै अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् ।

फागुन १४ गते महाशिवरात्रीको दिन यो चलचित्र रिलिज हुनेछ । ‘लाज शरणम्’ यो वर्षकै प्रतिक्षितमध्येको एक सिनेमा हो । बालेनको गीतले यो चलचित्रलाई थप प्रतिक्षित बनाएको छ ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ८ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।