२८ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘बसन्त’को टिजरमा ‘शान्ति’का लागि कविता



ललितपुर
चलचित्र ‘बसन्त’ को टिजर सार्वजनिक भएको छ ।
गायक तथा अभिनेता प्रकाश सपूतको निर्देशन, लेखन तथा संगीतमा निर्माणाधिन चलचित्र‘बसन्त’को टिजरमा प्रकाश सपुत, स्वस्तिमा खड्का, खड्क बहादुर पुन (खबपु)लगायत टिजरको दृश्यमा देखिएका छन् ।
युट्युवमा सार्वजनिक भएको टिजरमा पात्र वस्नतले प्रेमिका शान्तिका लागि कविता भनिरहेको दृश्य समेटिएको छ ।
‘भ्यालेनटाइन डे’को सन्दर्भ पारेर सार्वजनिक गरिएको कवितामा कलाकारहरु स्कूले पोशाकमा रहेका छन् भने भाषा पनि पश्चिम नेपालको खस भाषा रहेको छ ।
टिजरमार्फत चलचित्रको पात्रहरु वसन्त र शान्ति स्कूले जीवनकै अवस्थामा प्रेममा रहेको खुलासा भएको छ । चलचित्र दुखी आत्माले झैं कवितामार्फत चलचित्र प्रबद्र्धन गर्ने शैली पछ्याएको देखिन्छ ।

चलचित्रमा प्रकाश र स्वस्तिमासहित प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन ९खबपु०, अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतको अभिनय रहेको छ । निर्देशक सपूतको जन्मथलो बाग्लुङसहित काठमाडौं र तराईका विभिन्न ठाउँमा चलचित्रको छायांकन गरिएको छ ।
आगामी चैत २२ गतेबाट ‘वसन्त’ प्रदर्शन हुने चलचित्र गलबन्दी प्रोडक्सनको व्यानरमा निर्माण भएको हो ।चलचित्र सुसन प्रजापतिको डिओपि रहेको छ ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ९ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।