२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


सासंद डा. तोसिमा ललितपुर केन्द्रित गतिविधिमा सक्रिय हुँदै



ललितखबर
आफूलाई केन्द्रिय नेताको रुपमा स्थापित गर्न संर्घषरत रास्वपाकी नेतृ तथा ललितपुर क्षेत्र नं. ३ की सासंद डा. तोसिमा पछिल्लो केही समयदेखि ललितपुरका विभिन्न कार्यक्रम र विकास निर्माणको विषयमा चासो देखाउन थालेकी छिन् ।
गएको दुई बर्षसम्म ललितपुरको स्थानीय समस्यासँग लगभग बेखबर रहेकी सासंद कार्की पछिल्लो समय विभिन्न गतिविधिमा सक्रिय बनेकी हुन् ।
ललितपुरका समस्या समाधानको लागि सञ्चार क्षेत्रको सहयोग चाहियो भन्दै केही दिनदेखि उनी सञ्चारकर्मी तथा पत्रकार भेटघाट गर्ने र यहाँका समस्या सुनाउन थालेकी छिन् ।
मध्य ललितपुरको नल्लु र टिकाभैरव क्षेत्रमा रहेको ढुंगा खानीबाट गुड्ने टिपरका कारण भैसेपाटी क्षेत्रमा सास्ती भएको भन्दै उनी प्रशासन धाउन थालेकी छिन् भने नख्खु करिडोर निर्माण गर्न सबै पक्षसँग छलफलमा छिन् ।
उनले ललितखबरका संवाददातासँगको भेटमा ललितपुरका विकास आयोजनाहरु सुस्त गतिमा अघि बढेको गुनासो गरिन् । ठैब हरिसिद्धि सडक र धापाखेल सातदोबाटो सडक विस्तारका आगि आफूले पहल गरेको भए पनि काम राम्रोसँग अघि नबढेकोमा उनको असन्तुष्टि थियो । आयोजनाका सन्दर्भमा भनिन्, ‘मैले समेत आयोजनाको काम कारवाहीबारे सम्बन्धित निकायमा सूचनाको अधिकार प्रयोग गरेर जानकारी माग्नु पर्ने अवस्था छ । सूचना मागेपछि टेण्डर आह्वान भएर भर्खर काम हुन थालेको छ ।’
सासंद डा.कार्की स्थानीय सरकार रहेको अवस्थामा यी आयोजनाका बारेमा गोदावरी नगरपालिका र ललितपुर महानगरपालिकाले चासो दिएर काम गराउन पहल गर्नुपर्ने बताउछिन् । उनी गोदावरी नगरपालिकाले खानी र क्रसरबाट करोडौं कर उठाउने तर महानगरका बासिन्दालाई धुलो खुवाउने गरेको बताउछिन् । भन्छिन्, ‘नगरपालिकाले टिपरलाई व्यवस्थित ढंगबाट चलाउने व्यवस्था गर्नुपर्ने हो । साथै धुलो धुवा रोक्न पनि आवश्यक काम गर्नु जरुरी छ । जुन नगरपालिकाले गरेको छैन ।’
क्ेही समय अघि केन्द्रको राजनीतिमा सक्रिय भइरहेका सासंद कार्कीको प्रभावकारिता देखिएको थिएन । उनी स्थानीय विकास प्रयासमा थोरै समय दिने गरेको गुनासो छ । साथै उनल भैसेपाटी वरपरको धेरै समस्या तर पाटन, ठैव हरिसिद्धि, ठेचो सुनाकोठीको जनाताको बारेमा चिन्ता नगरेको गुनासो सुनिने गरेको छ ।
निर्वाचनमा विजयी भए पनि स्थानीय समस्यालाई बेवास्त ागर्दै केन्द्र र स्वास्थ्यको विषयमा धेरै केन्द्रित हुने गरेको ललितपुरबासीको सुनासो सुनिन्छ ।

 

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  १२ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।