२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


६ अंकले उक्लियो शेयर बजार



काठमाडौं ।शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । अघिल्लो दुई कार्यदिन लगातार ओरालो लागेको नेप्से परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार भने बढेको छ । नेप्से परिसुचक आज छ दशमलव ५४ अंकले उकालो लागेर २६ सय ८३ दशमलव ८६ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव ६० अंकले ओरालो लागेर चार सय ५० दशमलव १५ बिन्दुमा झरेको छ ।

धितोपत्र बजारमा आज दुई सय ९९ पटकको कारोबारमा ७२ हजार ९४ पटक शेयर किनबेच भएको छ । सो अनुसार आज एक करोड ३९ लाख ६८ हजार दुई सय ६८ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम सात अर्ब २४ करोड ६२ लाख २१ हजार दुई सय ६० रुपैंयाँ पुगेको छ ।

धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बिकास बैंक, जल बिद्युत, लगानी, उत्पादामुलक र सामुहिक लगानी कोष उपसमुहको सुचक उकालो लागेका छन् भने बाणिज्य बैंक्, फाईनान्स, होटल तथा पर्यटन, जीवन बीमा, निर्जीवन बीमा सहितका आठ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।

 

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ४ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।