१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ग्रीस पठाइदिन्छु भन्दै रकम लिएर ठगी गर्ने महिला पक्राउ



काठमाडौँ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा नवलपरासी पूर्व हुप्सेकोट गाउँपालिका–४ झ्यालबासकी ३० वर्षीया रोश्मी सोती पक्राउ परेकी छिन् ।
रु छ लाख ४० हजार लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले उनलाई आज काठमाडौं बनस्थलीबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको विभागका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहिबार  ८ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।