२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


यी हुन् साँखु दुर्घटनामा ज्यान गुमाउने तीन विद्यार्थी



काठमाडौं । काठमाडौंको साँखुमा स्कुल बस दुर्घटना हुँदा मृत्यु भएका तीन विद्यार्थीको विवरण खुलेको छ। मृत्यु हुनेमा मोरङको उर्लाबारी नगरपालिका–७ घर भई हाल कपन बस्ने वर्ष ११ को क्रिसल पुरी, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ घर भई हाल चाबहिल बस्ने वर्ष २४ को सुरेश तामाङ र सिन्धुपाल्चोक घर भई हाल भिमसेनगोला बस्ने वर्ष १४ को शुशाङ्का डोटेल रहेका छन्।

बा २ ख ७९५८ नम्बरको सुन्दरीमाइ यातायात चाबहिल स्थित एसएस एकेडेमिको रिजर्भमा गएको थियो। नगरकोटमा विद्यार्थीलाई पिकनिकमा लगेर फर्किएको बस बुधबार शंखरापुर नगरपालिका ५ मा दुर्घटना भएको हो । बुधबार दिउँसो पौने ५ बजेतिर कात्तिके स्थित साँखु–नगरकोट सडक खण्डमा ब्रेक फेल भएर अनियन्त्रित हुँदा दुर्घटना भएको काठमाडौँ प्रहरी परिसरका एसपी अपील बोहराले बताए। दुर्घटनामा ४० जना विद्यार्थी घाइते भएका छन्। घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहिबार  ९ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।