२८ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘कर्मा’को पोस्टरमा अभिनेता विपिन एक्सन अवतारमा



ललितपुर
चलचित्र ‘कर्मा’को पोस्टरमा अभिनेता विपिन कार्की उक्सन अवतारमा देखिएका छन् । निर्माणपक्षले चलचित्रका मुख्य कलाकार कार्कीको एक्सन अवतार समेट्दै दुईवटा पोस्टर सार्वजनिक गरेको हो ।

पोस्टरमा विपीन काकी ब्ल्याक जिन्स र फिट बडीमा हतियार बोकेर तम्तयार अवस्थामा देखिन्छन् ।

गेटअप, ड्रेसअप, फेसियल लुक्स र हातमा रहेका सर्ट गनले उनी एक्सन भूमिकामा रहेको प्रष्ट देखिन्छ । कलरसँग खेलिएको पोस्टरले पनि एक्सनको संकेत गर्छ ।

पोस्टरमा रहेको स्लोगन ‘ह्वाट गोज अराउन्ड, कम्स अराउन्ड’ले पनि बदलाको मुडमा मुख्य पात्र रहेको पुष्टि गर्छ ।

चलचित्र एक्सन विधामा निर्माण भएको हो भनेअभिनेता विपीन पहिलोपटक देखिनेछन् । भर्सटायल अभिनेताको परिचय बनाएका विपिनको यो चलचित्रले दर्शकलाई थप रोमाञ्चक बनाउने निश्चित छ । चलचित्र ‘कर्मा’लाई ‘अगस्त्य’का निर्देशक सौरभ चौधरीको निर्देशन गरिरहेका छन् ।

चलचित्र ‘कर्मा’ चैत २९ गते प्रर्दशन हुनेछ । यो चलचित्रमा विपीनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेवलगायत कलाकारको अभिनय रहेको छ ।

मुकुन यो चलचित्रमा नेगेटिभ क्यारेक्टरमा छन् । एक्सन ड्रामा जनरामा निर्माण भैरहेको सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् ।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहनेछ । निर्देशक चौधरीको ‘अगस्त्यः च्याप्टर १’ले दर्शक र समीक्षकको राम्रो प्रतिक्रिया पाएको थिए ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहिबार  १२ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।