५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


शंखरापुर बस दुर्घटनाः २७ जना डिस्चार्ज, गम्भीर घाइते एकलाई मेडिसिटी लगियो(अपडेट)



काठमाडौं । काठमाडौं शंखरापुर नगरपालिका–५ मा बुधबार भएको बस दुर्घटनामा घाइते भएकामध्ये २७ जनाको डिस्चार्ज भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराका अनुसार विभिन्न अस्पतालमा उपचाररत घाइतेमध्ये २७ जनाको डिस्चार्ज भएको छ । अन्य १६ जना घाइतेको उपचार जारी छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते एकको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

शंखरापुर नगरपालिकास्थित वडा नम्बर ५ मा विद्यार्थीहरू बनभोज गएर फर्किएको बा २ ख ७९५८ नम्बरको बस दुर्घटनामा परेको थियो । चाबहिलस्थित सत्यसाई (एसएस) एकेडेमीका विद्यार्थीहरू काठमाडौंको शंखरापुर र काभ्रेको मण्डनदेउपुर नगरपालिकाको सिमानामा पर्ने कात्तिके डाँडामा बनभोज कार्यक्रम सकेर फर्किंदै गर्दा बस दुर्घटनामा परेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका तीनजनाको बुधबार साँझ नै मृत्यु भएको थियो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहिबार  १ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।