२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


शंखरापुर बस दुर्घटनाः २७ जना डिस्चार्ज, गम्भीर घाइते एकलाई मेडिसिटी लगियो(अपडेट)



काठमाडौं । काठमाडौं शंखरापुर नगरपालिका–५ मा बुधबार भएको बस दुर्घटनामा घाइते भएकामध्ये २७ जनाको डिस्चार्ज भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराका अनुसार विभिन्न अस्पतालमा उपचाररत घाइतेमध्ये २७ जनाको डिस्चार्ज भएको छ । अन्य १६ जना घाइतेको उपचार जारी छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते एकको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

शंखरापुर नगरपालिकास्थित वडा नम्बर ५ मा विद्यार्थीहरू बनभोज गएर फर्किएको बा २ ख ७९५८ नम्बरको बस दुर्घटनामा परेको थियो । चाबहिलस्थित सत्यसाई (एसएस) एकेडेमीका विद्यार्थीहरू काठमाडौंको शंखरापुर र काभ्रेको मण्डनदेउपुर नगरपालिकाको सिमानामा पर्ने कात्तिके डाँडामा बनभोज कार्यक्रम सकेर फर्किंदै गर्दा बस दुर्घटनामा परेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका तीनजनाको बुधबार साँझ नै मृत्यु भएको थियो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहिबार  १ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।